काठमाडौं। मर्दी ट्रेकमा पर्यटकले फोहोर जथाभावी फ्याँक्न बन्देज लागाइएको छ। पदयात्रीले आफुले लगेको फोहोर आफैले बोकेर ल्याउनुपर्ने भएको हो।
उक्त नियम असोज १ गतेबाट लागू गरिने बताइएको छ। पर्यटकदेखि लिएर पर्यटन व्यवसायी सबैलाई सोही नियम लागू गरिने बताइएको हो।
पर्यटकहरुले खानको लागि लगेको पानीको बोतल, चक्लेटको खोल, चाउचाउको खोल लगाएतका जंक फडका खोलहरुले निकै प्रदुषण फैलाएपछि यो नियम लागू गर्न बाध्य भएको मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिले बताएको छ।