फाइल तस्बिर
काठमाडौं। पोखरा–जोमसोम आजदेखि नियमित उडान हुने भएको छ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम रुटमा तारा एयरले आजदेखि नियमित उडान गर्ने भएको हो।
पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ।
मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाएको बताइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ ।