काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कहिले चल्छ भनेर प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै सांसद खनालले परराष्ट्रमन्त्रीसमक्ष प्रश्न राखेका हुन्।
उनले परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदा हवाई रूटबारे भारतीय पक्षसँग भएको छलफलबारे जानकारी गराउन समेत आग्रह गरेका छन्। सांसद खनालले भने, ‘भैरहवा र पोखराको विमानस्थल कहिले चल्छ, मार्ग पाउँछ कि पाउँदैन? हवाई रूटबारे भ्रमणमा के छलफल भयो?’