इलाम। सूर्योदय नगरपालिकाको फिक्कलदेखि अन्तुसम्म करिब २० किलोमिटर लामो ‘चियाबारी पदमार्ग’(टी ट्रेल) निर्माण गरिने भएकाे छ।
स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायको ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गर्न लागिएको हाे।
फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने विश्वास लिएको समेत पालिकाले जनाएको छ।
स्विस सरकार र नेपाल सरकारबिचमा गत २०८१ वैशाख २७ गते नै पदमार्ग निर्माणका लागि सम्झौता भइसकेको छ। सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने बताइएको छ।