काठमाडौं। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालनमा आउने भएको छ। उक्त विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको हो।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल खराब मौसमका कारण तीन महिनादेखि बन्द रहेको थियो।
अब हप्ताको एक दिन प्रत्यक बिहीबार उडान गर्ने योजना रहेको विमानस्थलले जनाएको छ। तीन महिना अगाडी साताको दुइ दिन उडान भर्दे आएको नेपाल एयरलाइन्सले अब एक दिन मात्र उडान भर्ने भएको हो ।
विमानस्थल बन्द हुँदा समस्यामा परेका यात्रुहरु अब सञ्चालनमा आउने भएपछि सबै खुशी भएको छन्।