पाँचथर। मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ। रिजाल भिरमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
अविरल वर्षासँगै आएको पहिरोको कारण सडक माथीबाट खसेको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको छ।
राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधन रोकिएका छन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु मार्कामा परेको प्रहरीले जनाएको छ। आज दिउँसो पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।