काठमाडौं। नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको गोडार खोलामा सम्झौताको अवधि भन्दा एक वर्ष अघि नै पुल निर्माण सम्पन्न भएको छ। मध्यबिन्दु नगरपालिका–१५ टिकुलीटारस्थित गोडारखोलामा भदौ ३ गते पुल निर्माण सम्पन्न भएको हो।
सम्झौता अनुसार विसं २०८२ असोज १८ गतेभित्र सम्पन्न गर्नुपर्ने पुलको निर्माण कार्य १३ महिना अघि अर्थात २०८१ भदौ ३ गते नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
४५ मिटर लम्बाइको पुल पाँच करोड ८७ लाख ६४ हजार लागतमा निर्माण भएको हो। पुल निर्माण भएसँगै वर्खाको समयमा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताएका छन्।