फाइल तस्बिर
काठमाडौं। अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक मर्मत गर्न लागिएको छ। धुलिखेल–खावा सडक अत्यन्तै जीर्ण भएकाले आज र भोलि मर्मत गर्न लागिएको हो।
डिभिजन कार्यालय भक्तपुरले सडक मर्मतका लागि दुइ दिन (बिहीबार र शुक्रबार) उक्त सडकखण्डमा टिपर र मालवाहक गाडी सञ्चालनमा रोक समेत लगाएको छ।
निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ।