काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश पर्यटकीय रूपमा भर्जिन रहेको बताएका छन्। सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका हुन्।
उनले सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन रहेपनि मानव विकास सूचकाङ्कका दृष्टिकोणले भने पछाडि परेको बताए। सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने समेत बताए।
उनले संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने बताए।