काठमाडौं। भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न तयार रहेको जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँगको भेटमा साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको जनाएका हुन्।
प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई समेत प्रशंसा गरेका छन्।
चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जानकारी गराएपछि मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडानका लागि सरकारले स्वागत गर्ने बताए।