काठमाडौं। सुख्खा पहिरोका कारण पृथ्वी राजमार्गको मौवा खोला मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित फिस्लीङ्ग नजिकै पहिरो खसेपछि मौवा खोला मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो।
उक्त स्थानमा सडक भन्दा माथिबाट ठुलो ढुङ्गा सहितको सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ। सडकको पहिरो पन्छाउनका लागी केही समय लाग्ने सडक विभागले जनाएको छ।