सुर्खेत। पहिरोले घर पुर्दा घाइते भएकी एक बालीकालाई हेलिकोप्टरद्धारा उद्धार गरिएको छ। जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा घाइते भएकी सम्झना चलाउनेलाई उद्धार गरिएको हो।
हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको बताइएको छ।
पहिरोले घर पुर्दा उनका बाबा मानबहादुर चलाउने र आमा प्रेमकुमार चलाउनेलाइ निकाल्न नसकिएको बताइएको छ।