काठमाडौं। मनास्लु संरक्षण क्षेत्र भित्र आउने पर्यटकसँग शुल्क उठाउने भएको छ। गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकसँग शुल्क उठाउने भएको हो।
एकजना पर्यटक बराबर विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ शुल्क उठाउने गाउँपालिकाले जनाएको छ।
जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल विदेशी र नेपाली दुबै पर्यटकसँग शुल्क उठाउने निर्णय गरेको गाउँपालिकाको भनाइ छ।
दुबै पर्यटकसँग शुल्क उठाउने निर्णय गरिएको पालिकाले सुचना निकालेर जानकारी गराएको हो। पर्यटकबाट उठाएको रकमले पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने सुचनामा उल्लेख गरिएको छ।
