काठमाडौं। काठमाडौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिइने भएको छ। श्री एयरलाइन्सले कम्पनीले यो सुविधा दिने भएको हो।
यो सुविधा आगामी असोज ४ गतेसम्म काठमाडौं–पोखरा उडान गर्ने यात्रुलाई एउटा टिकट निः शुल्क दिइने एयरलाइन्सले जनाएको छ।
आगामी असोज ४ गतेसम्म काटेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने एयरलाइन्सले बताएको छ।