काठमाडौं। सानिमा बैंक र श्री एयरलाइन्सबीच छुट सम्झौता भएको छ। बैंकका ग्राहकलाई एयरलाइन्सको टिकटमा ५ सय रुपैयाँ छुट गर्ने सम्झौता भएको हो।
उक्त छुट सुविधा लिनको लागि बैंकका ग्राहकले सानिमा बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने एयरलाइन्सले जनाएको छ।