काठमाडौं। काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै अवतरण गरेको छ। उडेको केही मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
आज बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि जहाज उडेको थियो। विमानस्थलबाट उडेको ८ मिनेटमा नै जहाज अवतरण गरेको बताइएको छ।
त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलका अनुसार चक्काको स्टेयरिङ लक भएपछि जहाज आकस्मिक अवतरण गर्नु परेको हो।