काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिवसहित ४ जना दाषी ठहर भएका छन्। विशेष अदालतले पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको हो।
उक्त प्रकरणमा पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले भने सफाइ पाएका छन्।
कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्नेछ।
आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेषमा मुद्दा दायर गरेको थियो ।