काठमाडौं। बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम दशैंपछि सुरु गरिने भएको छ। १३ अर्ब ५५ करोड लागतमा निर्माण गर्न लागिएको बुटवल–गोरुसिङ्गे सडक विस्तारअन्तर्गत भौतिक पूर्वाधारको काम दशैंपछि सुरु गरिने भएको हो।
अहिले सडक विस्तारकैक्रममा विद्युत्का पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ । साथै सडक नाप गर्ने काम पनि भइरहेको छ।
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अन्डर पास ओभर पास निर्माण हुने आयोजनाले जनाएको छ।
सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएका छन्। सम्झौता अनुसार तीन वर्षभित्रमा निर्माण कार्य पूरा गर्नुपर्नेछ।