काठमाडौं। पोखराको तालचोकमा भाटभटेनी सुपर स्टोर निर्माण गर्न लागिएको छ। भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्रीले तालचोकमा निर्माण हुने स्टोरको भूमिपूजा गरेका हुन्।
१२ रोपनी क्षेत्रफल ओगट्ने तालचोकको स्टोर आगामी एक वर्षभित्र तयार हुने बताइएको छ।
तालचोकको स्टोर सात तला अग्लो हुनेछ। तालचोक स्टोरमा सिनेमा हलदेखि रेस्टुरेन्ट लगायत सुविधा पनि उपलब्ध हुने बताइएको छ।