बझाङ। बझाङ विमानस्थलबाट पुन उडान सुरु भएको छ। समिट एयरले पाँच महिनापछि सोमबारदेखि पुन उडान सुरु गरेको हो।
उक्त विमानस्थलबाट गत चैत अन्तिम साताबाट उडान बन्द भएको थियो। दुई वर्षदेखि हप्तामा दुई दिन उडान गर्दै आएको समिट एयरले मौसम लगायतका कारण देखाउँदै उडान रोकेको थियो। अब हप्तामा दुई दिन पहिलाकै तालिका अनुसार नियमित उडान हुने समटि एयरले जनाएको छ।