पर्वत। जिल्लाको मोदी गाउँपालिकाको डिमुवा–तिलाहार–थामर्जुङ सडक स्तरोन्नति गरिएको छ। २५ लाख लागतमा उक्त सडक स्तरोन्नति गरिएको हो।
दुई सय मिटर ढलान गर्नको लागि स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट १५ लाख रकम निष्कासन गरिएको गाउँपालिकाले जनाएको छ।
बजार क्षेत्रमा मात्र सडक स्तरोन्नति गर्ने लक्ष्य गाउँपालिकाको भएतापनि गाउँ जाने सडकमा समस्या भएको स्थानीयले बताएपछि सडक ढलान गरिएको गाउँपालिकाले जनाएको छ।
सडक ढलान भएपछि हिलो बाटो हिड्नु पर्ने बाध्यता हटेको स्थानीयले बताए।