पर्वत। जिल्लाको मोदी गाउँपालिका–६ तिलाहार स्थित लिदिखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। लिदिखोलामा १५ मिटर लामो मोटरेबल पुल निर्माण सम्पन्न भएको हो।
कस्तुरी कन्स्ट्रक्सन पर्वत निर्माण कम्पनीले दुई करोड ५३ लाख लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो। पुल निर्माण गर्न सम्झौता भएको समयभन्दा सात महिना अगावै पुल निर्माण सम्पन्न भएको हो।
२०८० साल असोज २२ गते सम्झौता भएको पुल निर्माणको समय आगामी फाल्गुन महिनासम्म रहेको थियो।
पुल निर्माण भएपछि सर्वसाधारणलाई निकै सहज भएको बताइएको छ। पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पुल निर्माण सम्पन्न भएपछि सवारीसाधन आवतजावत गर्न समेत सुरु गरेका छन्।