नवलपरासी। हुलाकी सडकको काम पूरा गर्न माग गर्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव अनशन बसेका छन्। अध्यक्ष यादवको नेतृत्वमा गाउँपालिकाका वडा अध्यक्ष र जनप्रतिनिधिहरू संयुक्तरुपमा इलाका प्रशासन कार्यालय अगाडी अनशन बसेका हुन्।
सडक निर्माण कार्य अगाडी बढाउन भन्दै पटक पटक ध्यानाकर्षण गराएको, संघ सरकारलाई पत्राचार र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदा समेत सुनुवाइ नभएपछि अनशन सुरु गरेको उनीहरुको भनाइ छ। पालिका अध्यक्ष यादवले २७ गतेसम्म पनि कामले तीव्रता नपाएमा आमरण अनशनमा बस्ने चेतावनी समेत दिएका छन्।