पर्वत। बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति सुरु गरिएको छ। पर्वत जिल्लाको उक्त सडकको १३ किलोमिटर सडक स्तरोन्नति गर्न सुरु गरिएको हो।
दुईवटा गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सडक स्तरोन्नति गरेर कालोपत्रे गरिने बताइएको छ।
पाँच करोड लागतमा निर्माण सुरु भएको सो सडकको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गरेका छन्।
उक्त सडकले महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने छ। सडक निर्माण भएपछि ग्रामीण क्षेत्रमा रहेको स्थानीयले पनि सहज वातावरण पाउने बताइएको छ।
सडक नहदाँ आफुहरुले उत्पादन गरेको कृषी जन्य सामाग्रीहरु बजारसम्म लगेर बिक्री गर्न नपाउदाँ निकै समस्यामा परेको स्थानीयले बताए। अब सडक निर्माण भएपछि सहज रुपमा उत्पादीत समानहरु बजारसम्म लगेर बिक्री गर्ने र आफ्नो जिविकोपार्जनमा सहजता आउनेमा विश्वस्थ रहेको उनिहरुले बताए।