काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र बुद्ध एयर बिच छुट सम्झौता भएको छ। बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने सम्झौता भएको हो।
सो बैंकका ग्राहक साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी) लाई बुद्ध एयरमा यात्रा गर्दा छुट दिने भएको छ।
टिकट खरिद गर्दा छुट पाउनका लागि बुद्ध एयरको काउन्टरबाट बैंकका ग्राहकले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ।