काठमाडौं। यात्रुले हवाई टिकट बुकिङ गर्न सुरु गरेका छन्। दसैँ आउन एक महिना बाँकी रहँदा नै हवाई टिकट बुकिङ गर्न सुरु गरेका हुन्।
एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बकिङ नखुलाए पनि पछि टिकट नपाउने र टिकटको मुल्य बढ्दै जाने समस्याले एक महिना अगाडी बाट यात्रु हरुले टिकट बुकिङ गर्न सुरु गरिसकेका छन्।
बसका टिकट भने असोज पहिलो सातादेखि खुलाउने तयारी भइरहेको छ। अग्रिम टिकट बुकिङ गर्ने विषयमा पहिलो चरणको छलफलबाट असोज पहिलो साता खुलाउने तयारी भएको हो।