काठमाडौं। ताप्लेजुङस्थित पाथीभरा मन्दिरतर्फ जाने सडक सञ्चालनमा आएको छ। अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो।
काफ्लेपाटी सडकखण्डमा खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो। सोही पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।