काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले वातावरणलाई कम क्षति हुने परियोजना अघि बढाउनुपर्ने बताएका छन्। बिहीबारदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै अग्रवालले यस्तो बताएका हुन्।
उनले दिगो विकासमा नेपालले गम्भीरता देखाउनुपर्ने भन्दै हरित परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
ग्रीन बण्डसहितको लगानीका औजार प्रयोग गर्दै नेपालले पूर्वाधारमा लगानी अधि बढाउनुपर्ने अग्रवालको भनाइ छ।