पर्वत। मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। मार्ग खुलेको करिब २० वर्षपछि उक्त सडकको स्तरोन्नति गर्न सुरु गरिएको हो।
पर्वत जिल्लाको जलजला गाउँपालिकाको तीनवटा वडालाई जोड्ने सो सडकको तीन करोड रुपैयाँबाट टेन्डर प्रक्रियाका सबै काम सकेर कालोपत्रे गर्न तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
उक्त सडक युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेड निर्माण कम्पनीले कालोपत्रे गर्ने भएको छ।
उक्त सडक निर्माण भएपछि स्थानीय स्तरमा उत्पादन भएका कृषीजन्य सामाग्रीहरुलाइ बजारीकरण गरेर जिवस्तरमा सहज हुने भन्दै स्थानीय खुशी भएका छन्।
सडक नहुँदा आफुहरुले उप्पादन गरेको तरकारीहरु कुइएर जाने उनिहरुको गुनासो रहेको छ।