काठमाडौं। मलेसियाको एयर एसियाले नेपालमा सेवा सुरु गर्ने भएको छ। नेपाल पूर्वाधार सम्मेलनको क्षेत्रीय पूर्वाधार र त्यसको एकीकरण (इन्टिग्रेसन) शत्रमा बोल्दै एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगमले एयर एसिया एसियाकै चौथो ठूलो एयरलायन्स कम्पनी भएको र यसले नेपालमा पनि सेवा सुरु गर्ने क्रममा रहेको जानकारी दिएका हुन्।
उनले एयर एसियाले सेवा सुरु गरेमा नेपालमा ढुवानी र पर्यटन वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
हवाई उडानमार्फत पर्यटन क्षेत्रमा अन्तरदेशीय र अन्तरक्षेत्रीय अन्तरआबद्धता वृद्धि गर्नका लागि नेपालको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।