काठमाडौं। भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
साहुखर्कमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि यात्रामा रहेका यात्रीहरु आफ्नो गन्तब्यसम्म पुग्न सकेका छैनन्।