काठमाडौं। धरहरा आगामि असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा सर्वसाधारणका लागि धरहरा खुलाइने निर्णय गरेको हो।
२०७८ बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माण कार्य सम्पन्न नभएको कारण सञ्चालनमा आउन सकेको थिएन।
उद्घाटन गरेको तीन वर्ष वितिसक्दा पनि सञ्चालनमा नआएको धरहरा लामो समयपछि आगामी असोज ३ गतेदेखी सञ्चालनमा आउने भएको छ।
२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ध्वस्त बनाएको धरहरा अहिले आधुनिक तरिकाले बनाइएको बताइएको छ।