काठमाडौं। केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तर वर्षापछि आएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो।
डडेल्धुराको गन्यापधुरामा पहिरो खस्दा डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको हो।
उक्त राजमार्ग अवरुद्ध बनेपछि यात्रामा रहेको यात्रुहरुले समस्या झेल्नु परिरहेको प्रहरीले जनाएको छ।