काठमाडौं। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आजदेखि पुनः उडान सुरु भएको छ। नेपाल एयरलाइन्सको जहाजले आज बिहान उक्त विमानस्थलमा काठमाडौंबाट छ जना यात्रु ल्याएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको हो।
खराब मौसमका कारण साढे तीन महिनादेखि उक्त विमानस्थल सञ्चालनमा थिएन। अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल कार्यालयले जनाएको छ।
यसअघि यहाँबाट हप्ताको दुई दिन आइतबार र बिहीबार उडान हुँदै आएको थियो। नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने कार्यालयले जनाएको छ।