सांकेतिक तस्बिर
जुम्ला। जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका भएर बग्ने जुगाडखोलाको दायाँबायाँ करिडोर निर्माण गर्न थालिएको छ। पहिलो चरणमा चन्दननाथ–४ मालाभिड जाने पुल र रेडक्रस कार्यालयसम्म करिडोर निर्माण गर्न सुरु गरिएको हो।
संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजनाअन्तर्गत २० करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको करिडोरका लागि पहिलोपटक ६ करोड रुपैयाँ लागतको ठेक्का आह्वान भएर काम सुरु भएको छ। पहिलो वर्ष १२ सय मिटर सडक बनाउन रकम विनियोजन गरिएको बताइएको छ।
खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर निर्माणको अवधारणा ल्याएर काम सुरु गरेको पालिकाले जनाएको छ।