काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार आयोजित कार्यक्रममा पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको दाबी गरे।
उनले व्यवसायीहरूले निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्ने भन्दै सरकारी निकायमा हुनुपर्ने कामको फाइल नरोकिने बताए।
उनले भने, ‘तपाईँहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन।’