पर्वत। जिल्लाको जलजला गाउँपालिकाको किराखोर–घाहाखेत–धारापानी सडक कालोपत्रे गरिने भएको छ। तीन करोड रुपैयाँ विनियोजन गरेर सडक कालोपत्रे गर्न ठेक्का लगाइएको हो।
उक्त सडक निर्माणको जिम्मा युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडले पाएको छ। २०६८र०६९ साल तिर ट्रयाक खोलीएको सडकको अहिले कालोपत्रे गर्ने तयारी भएको हो।
उक्त सडकका विभिन्न स्थानमा पहिरो खस्ने समस्या भएको कारण वर्षा रोकिएपछि काम सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ।
१२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको बताइएको छ। निर्धारीत समयमानै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको छ।
सडक कालोपत्रे हुने भएपछि स्थानीय खुशी भएका छन्। ग्रामीण क्षेत्रमा उल्पादन भएको कृषी जन्य सामाग्रीहरु सडकको समस्याका कारण बजारीकरण गर्न नपाएको उनिहरुको गुनासो थियो। अब सडक निर्माण हुने भएपछि आफुहरुले उत्पादन गरेको तरकारीहरु बजारीकरण गरेर जिविकोपार्जनमा सहज हुने विश्वास गरेको उनिहरुले बताए।