लमजुङ। अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ। आइतबार साँझदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो।
उदिपुर, दलाललगायतका विभिन्न स्थानमा पहिरो जादाँ सडक अवरुद्ध बनेको थियो। सडक अवरुद्ध बनेपछि यात्रामा रहेका यात्रीहरु बिच बाटोमानै रोकिएका थिए।
पहिरो पन्छाएर आज बिहानबाट सडक सञ्चालनमा आएपछि सबै सवारीसाधन आफ्नो आफ्नो गन्तब्य तीर लागेको प्रहरीले जनाएको छ।