फाइल तस्बिर
काठमाडौं। उड्न लागेको बुद्ध एयरको हजाजमा प्राविधिक समस्या देखिएपछि यात्रुलाई ओरालिएको छ। काठमाडौंबाट भरतपुरका लागि उड्न लागेको बुद्ध एयरको नाइन एन–एआईटी हवाईजहाजमा आज प्राविधिक समस्या देखिएको हो।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको हो।
एउटा जहाजको समस्याका कारण अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका अन्य जहाजहरु उड्न ढिला भइरहेको विमानस्थलले जनाएको छ।