फाइल फोटो
इलाम। जिल्लाको सूर्योदय नगरपालिकाको फिक्कलदेखि अन्तुसम्म ‘चियाबारी पदमार्ग’(टी ट्रेल) निर्माण गरिने भएको छ। उक्त स्थानमा लगभग २० किलोमिटर लामो पदमार्ग निर्माण गरिने भएको हो।
स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायको ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ।
फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने विश्वास लिएको समेत पालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार उक्त पदमार्ग निर्माण पछि पर्यटकको संख्या बढ्दै जाने र आर्थिक पाटोमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।