काठमाडौं। मनकामना केबलकार भोली देखि पुनः सञ्चालनमा आउने भएको छ। ५० दिनका लागि बन्द भएको केबलकार भोली देखि पुनः सञ्चालनमा आउने भएको हो।
केबलकारको स्तरोन्नतिको काम पुरा भएसँगै भोली असोज १ गतेबाट सञ्चालनमा ल्याइने भएको कम्पनीले जनाएको छ।
केबलकारलाई डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ।
करिव २६ बर्ष अघि सञ्चालनमा ल्याइएको मनकामना केबलकारलाइ अत्याधुनिक डिजिटल प्रबिधिमा स्तरोन्नति गर्नका लागि गत असार ३१ गतेदेखि ५० दिनका लागि बन्द गरिएको थियो।