काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण छुट्याउने विधेयक मन्त्रिपरिषद्मा पुगेको छ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित अन्तरक्रियामा उड्डयनमन्त्री बद्री पाण्डेले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउने सम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएका हुन्।
उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव समेत मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी गराए ।
मन्त्री पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भइरहेको जानकारी समेत दिए।