काठमाडौं। कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाएर आफूहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै स्थानियले आन्दोलन सुरु गरेका छन्। काठमाडौंलाई तराईसँग जोड्ने गरी विस्तार भइरहेको कान्ति लोकपथलाई राष्ट्रिय राजमार्गको मापदण्ड तोकिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।
अहिले स्थानीय केही मानिस घर बनाउन अनुमति लिन जाँदा नपाएपछि बल्ल सडकको मापदण्डबारे थाहा पाएको उनीहरुको भनाइ छ। सरकारले २०७६ सालमै कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाउने गरेपनि हालसम्म लुकाएर राखिएको भन्दै उक्त निर्णय फिर्ता लिन समेत स्थानीयले माग गरेका छन्।
काठमाडौंलाई तराईसँग जोड्ने गरी विस्तार भइरहेको कान्ति लोकपथअन्तर्गत पर्ने एकान्तकुना–टीकाभैरव क्षेत्रमा नयाँ मापदण्ड लागू भए करिब २ हजार परिवार घरबारविहीन हुनुपर्ने स्थानीयको गुनासो छ।