काठमाडौं। कोशी र बागमती प्रदेशका केही भाग रबाँकी प्रदेशका थोरै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चार वटा प्रदेशका केही भागहरु र बाकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका थोरै भागमा वर्षाको सम्भावना रहेको हो।
सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
आज राती सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। वर्षाको समय भएकोेले भारी वर्षा हुने स्थानहरुमा रतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।