बझाङ। जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। बझाङमा पहिरोले अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो।
अविरल वर्षाको कारण तमैल बजार नजिकै र बालुवा टावरमा खसेको पहिरोले गत बिहिवारदेखि राजमार्ग अवरुद्ध भएको थियो।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो देरिका सवारीसाधनहरु रोकिएका थिए। आज बिहानबाट सवारीसाधन चल्न थालेपछि लामो तथा छोटो देरिका सवारीसाधनहरु सञ्चालनमा आएको प्रहरीले जनाएको छ।