काठमाडौं। लमही–कोइलाबास हुलाकी राजमार्ग निर्माण सम्बन्धी काम तत्कालका लागि रोक्न उच्च अदालत तुलसीपुरले अन्तिरिम आदेश जारी गरेको छ।
आइतबार उच्च अदालतका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेय र न्यायाधीश अच्युतकुमार आचार्यको संयुक्त इजलासले तत्कालका लागि सडक विस्तारको काम नगर्न आदेश जारी गरेको हो।
भदौ २० गते लमही नगरपालिका–५ का ७९ जना स्थानीयले सडकखण्ड अन्तरगत पर्ने घर टहराको मुआब्जा नपाउँदै बलजफ्ती भत्काउन खोजिएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमा उच्च अदालतको उक्त फैसला सुनाएको हो।