काठमाडौं। दाङको लमही–कोइलावास सडक विस्तार गर्दा भत्काइने संरचनाको समेत मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ। स्थानीयले मंगलबार पत्रकार सम्मेलन गरेर जग्गा मात्र नभएर भत्काइने भौतिक संरचनाको समेत मुआब्जा पाउनुपर्ने माग राखेका हुन्।
सडक डिभिजन कार्यालय दाङले सडकको दायाँ १५ र बायाँ १५ गरी ३० मिटरभित्र पर्ने सबै संरचना खाली गराउन आह्वान गरेसँगै स्थानीयले उच्च अदालत तुलसीपुरमा मुद्दा समेत दर्ता गराएका छन्।
अहिले लमही नगरपालिकाको सहजीकरणमा सडक डिभिजन कार्यालयले सडक क्षेत्र खाली गराउन थालेको छ। तर जग्गाको मुआब्जा जस्तै घरको पनि मुआब्जा पनि पाउनुपर्ने भन्दै स्थानीयले संरचना हटाउन मानेका छैनन्।