काठमाडौं। सुरुङ मार्गमार्फत पोखरा र नवलपुरको दुरी घटाउन अध्ययन सुरु भएको छ। नवलपुरको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो जानकारी दिएका हुन्।
उनले सुरुङ मार्गको निर्माण मार्फत पोखरा र नवलपुरको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताए। मुख्यमन्त्री पाण्डेले सुरुङ मार्गहरू निर्माण भएमा प्रदेश राजधानी पोखरा, नवलपुर र देशको प्रमुख राजमार्गसँग दुई घण्टाको दुरीमा जोड्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको समेत जानकारी दिए।