काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन, हवाई उड्यन लगायनको नीति परिमार्जन गर्न लागेको जानकारी दिएका छन्। नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे पर्यटन, संस्कृति, हवाई उड्यन, लगायत नीति परिमार्जन गर्न लागेको जानकारी दिएका हुन्।
उनले संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै यी नीति परिवर्तन गर्ने बताए। मन्त्री पाण्डेले भने, ‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन, संस्कृति, हवाई उड्यन, लगायत नीति परिमार्जन गर्न खोजिरहेका छौं, संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिने छौं ।’
मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आग्रह गरेका छन्।