काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग पनौती–नमोवुद्ध सडकका लागि बजेट व्यवस्था गरिदिन आग्रह गरेका छन्। बुधवार मन्त्रालयमा भएको भेटमा आचार्यले यस्तो आग्रह गरेका हुन्।
भेटमा कलाकाल आचार्य र मन्त्री दाहालबीचमा विकास निर्माण र सरकारका कामबारे छलफल भएको छ।
भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए। दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने भन्दै उनले नागरिकका अपेक्षा पूरा हुनेगरी कार्य सम्पादनका लागि मन्त्री दाहाललाई शुभकामना समेत दिए ।